गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

Published on

काठमाडौँ । बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ । गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद एक करोड पाँच लाख सङ्कलन भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले राससलाई बताउनुभयो । बेनी नगरपालिका र वडा नं २ का जनप्रतिनिधिले गौस्वाराको पूर्वाधार निर्माणमा १५ लाख विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने ३८ फिट अग्लो गोवर्द्धन पर्वत आगामी छ महिनाभित्र पूरा गर्नेगरी निर्माण थालिएको छ । रासस

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...