आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

Published on

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले आज यहाँ आयोजित एक कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलिलाई हौसला प्रदान गर्ने भन्दै लिग–२ शृङ्खलाका लागि शुभकामना प्रदान गर्नुभयो ।

नेपालले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९–२७ गते) सम्म सिरिज खेल्नेछ । लिग–२ सिरिजपछि नेपालले ती देशसँग टी–२० आई सिरिजसमेत खेल्ने क्यानले जनाएको छ । उक्त सिरिज भने जुन १५ देखि २० तारिख (आगामी असार १–६ गते) सम्म सञ्चालन हुनेछ । लिग–२ खेल्नु अगाडि नेपालले बेलायतको स्थानिय टोली तथा स्टकल्याण्डको ‘ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ । लिग–२ को शृङ्खलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् ।

spot_img

ताजा समाचार

मुस्ताङमा आर्थिक गणनाको तयारी पूरा

काठमाडौं । मुस्ताङमा आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला आर्थिक गणना...

एक हप्तामा १६३ जनाले लिए नयाँ नागरिकता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १६३ जनाले नयाँ नागरिकता लिएका...

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ...

स्याङ्जाको फेदीखोलामा वैशाख ९ गतेबाट पठनपाठन हुने

काठमाडौं । सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपछि स्याङ्जाको फेदीखोलाले...