जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

Published on

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल सुरु गरेको छ । बुधबार काठमाडौँमा सगमाथा संवादको स्थानीयकरणःजलवायु शक्तिकरण र विपद् न्यूनीकरणका लागि राजनीतिक प्रतिवद्धत कार्यक्रमको आयोजना गर्दै विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यबाट छलफल सुरु गरेको बताएको हो । छलफलका क्रममा बोल्नुहुँदै एमाले नेता खिमलाल भट्टराईले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि पनि सगरमाथा संवाद महत्त्वपूर्ण हुने बताउनुभयो । विभागले गरेको छलफलबाट आएका निष्कर्षहरु सरकार सुझाव स्वरुप दिने पनि जानकारी गराउनुभयो । उहाँले जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा छलफल हुने बताउनुभयो ।

नेता भट्टराईले भन्नुभयो, ‘‘सगरमाथा संवादबाट अन्तर्राष्ट्रिय जगतमा जुन एउटा गम्भीर विषयको रुमपा आइरहेको जलवायु परिवर्तनको विषय छ । यो जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा संवादमा छलफल हुनेछ । आज संसारभर नै जलवायु परिवर्तनका विषयमा छलफल भइरहेको छ । यसका समाधानका उपायहरुबारे छलफल भइरहेको छ, खोजि भइरहेको छ ।’’ यसैगरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विपद्भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्यूनीकरणको काममा आवश्यक काम हुन नसकेको बताउनुभयो । उहाँले आपत्कालीन उद्धार र राहतमा नेपालले उत्कृष्ट काम गरेको पनि जानकारी दिनुभयो । उहाँले यसमा तीन तहकै सरकारले आवश्यक समन्वय गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले विकासको काम गर्दा जलवायुको असरबारे पनि सोच्न जरुरी रहेको बताउनुभयो ।

‘‘दुई, तीन वटा कुरालाई इन्प्रुभ गर्नुपर्छ भनेर पुनर्निर्माण प्राधिकरण रहँदै गर्दा अर्को पुनर्निर्माण प्राधिकरण जस्तै अर्को संस्था चाहिन्छ भनेर हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना गर्‍यौँ । तर गृह मन्त्रालयको फ्रेमवर्कभित्र रहँदा यसमा समस्या आयो । मलाई लाग्छ यसमा राजनीतिक तहमा छलफल गर्न जरुरी छ । गृह मन्त्रालयको फ्रेमवर्कभित्र यो इन्टिटी रहँदा सानो सानो निर्णय गर्ने कुराका लागि त्यो लेभलको निर्णय गर्न सकेन । इमजेन्सी रेस्पोन्समा हाम्रो राम्रो खालको राहत उद्धारको काममा धेरै राम्रो क्षमता छ ।,’’ उहाँले भन्नुभयो, ‘‘उत्कृष्ट लेभलमा नेपालले काम गर्न सकेको छ । तर विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्यूनीकरणको कामका कुराहरुमा, विपद् पछिको पुनर्निर्माण र पुनःस्थापनामा जुन किसिमको अन्डरस्ट्यान्डिङ हुनुपर्दथ्यो त्यो हुन सकेन ।’’

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जलवायु परिवर्तनको कारण कृषि उत्पादनमा प्रभाव परिरहेको बताउनुभयो । त्यसबाट कसरी बच्ने भन्ने योजना बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । तीन तहकै सरकारले स्पष्ट खाका र योजना बनाएर अघि जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...