सगरमाथा संवादमा इलामको चिया पदर्शनी

Published on

कामठाडौँ । काठमाडौंमा भएको सगरमाथा संवाद कार्यक्रममा इलामको चियाको बजारीकरणका लागि प्रदर्शनीमा राखिएको छ । सगरमाथा संवाद कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाल टुरीजम बोर्ड, सूर्योदय नगरपालिका र टी स्टेशन इन प्रा।लि।को समन्वयमा इलाम जिल्लासहित सूर्योदय नगरपालिका भित्रका १८ बढी उद्योगका चियाका सेम्पल प्रदर्शनीमा राखिएको हो । उक्त अवसरमा सहभागीलाई चियाको टेस्टिङ गराइएको छ । उक्त प्रदर्शनी सगरमाथा संवादको साइड इभेन्टका रुपमा गरिएको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख बहादुर राई, नेपाल टुरिजम बोर्डका कार्यकारी निर्देशक दिपकराज जोसी र पराराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको पहलमा बिशेष गरी सूर्योदय नगरपालिका भित्रका १८ बढी चिया उद्योगले उत्पादन गरेका चिया प्रदर्शनीमा राखिएको सगरमाथा संवाद कार्यक्रममा सहभागी सूर्योदय नगरपालिकाका आर्किटेक इन्जिनियर सृजन गदालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा सूर्योदय नगरपालिका भित्र उत्पादन भएका प्रिमियम क्वालिटिको ग्रीन टी, गोल्डेन चिया, अर्ली ग्रेटी, वाइट टी र कोल्ड आइस टी राखिएको टी स्टेशन इन प्रा।लि।का प्रज्ज्वल प्रधानले जानकारी दिनुभयो । उहाँले नेपालमै पहिलो पटक टुरीजम बोर्डले टोकन अफ लभ (मायाको चिनो) का रुपमा ब्रान्डिङ गरी ४०० प्याकेट प्रदर्शनीका लागि राखेको जानकारी दिनुभयो । प्रधानले चियाको बजारीकरणसँगै सूर्योदयका पर्यटकीयस्थलको समेत प्रचार–प्रसार गरी राखेको जानकारी दिनुभयो । चिया ब्यवसायी समेत रहनु भएका प्रधानले भन्नुभयो ‘एउटा चाइनिज वायर सम्पर्कमा आएको छ, स्वदेशी र अन्य देशका वायरसँग कुरा भइरहेको छ ।’ सूर्योदय नगरपालिकाका नगर प्रमुख राईले उक्त कार्यक्रममा राखिएको चिया पदर्शनीले चियाको बजारीकरणमा सहयोग पुगेको बताउनुभयो । पदर्शनीमा परराष्ट्रमन्त्री डा. आरजु राण देउवासहित बिदेशी कुटनीतिक नियोगका प्रतिनिधि, बिभिन्न मन्त्रालयका प्रनिनिधिसहित चियाका पारखीले अवलोकन गर्नुभएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...