नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

Published on

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका मालवाहक सवारी ६ दिनदेखि सडकमै रोकिएका छन्।

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेका ट्रक चालक राजेश विकले तीन दिन जंगलमै गाडीभित्र सुत्नु परेको र गर्मी तथा खानपानको ठूलो समस्या झेल्नु परेको बताए। अहिले भने आरुङखोला बजार क्षेत्रमा गाडी होल्ड गरिएको छ, जसले खानपान केही सहज बनाएको उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जराका अनुसार लामो समयदेखि रोकिएका केही गाडी फर्किएका छन् भने बाँकीलाई बजार क्षेत्रतर्फ सारिएको छ। साँघुरा स्थानका सवारी साधनलाई सुरक्षित स्थानमा राख्ने प्रयास भइरहेको छ।

पूर्वबाट पश्चिमतर्फ जाने गाडी विनयी खोलामा रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका सवारी दाउन्नेको चिप्लो सडकमा अड्किएका छन्। विनयी खोलाको डाइभर्सन आठपटक बगिसकेपछि अब नयाँ डाइभर्सन नबनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए।

हल्का सवारी साधनलाई वैकल्पिक बाटो (झन्डै २८ किलोमिटर लामो) दिउँसो मात्रै चल्न दिइएको छ, तर साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

गत पुस २६ मा विनयी खोलाको पुल भत्किएपछि अस्थायी डाइभर्सनमार्फत यातायात चलिरहेको थियो। तर खोलामा आएको बाढीले उक्त डाइभर्सनसमेत बगाउँदै ल्याएपछि यातायात पूर्णरूपमा ठप्प भएको हो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...