देशका केही भागमा ठूलो पानीको सम्भावना

Published on

काठमाण्डौ- सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा रातिदेखि नै पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानपख कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा ठूलो पानी परे पनि अहिले वर्षाको तीव्रता केही घटेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिमसहित देशका पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानसमेत गरिएको छ। राति गण्डकी प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

लगातारको वर्षाका कारण पहाडी तथा नदी आसपासका क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको जोखिम समेत बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...