साउनको पहिलो सोमवार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

Published on

काठमाण्डौ- साउन महिनाको पहिलो सोमवारको अवसरमा आज देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। विशेषतः पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। भीड व्यवस्थापनका लागि मन्दिरका चारवटै ढोका बिहानैदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।

दर्शनार्थीहरूको सुविधाका लागि कोषले पहिलोपटक निःशुल्क बस सेवा पनि सञ्चालनमा ल्याएको छ। चार वटा सार्वजनिक बस चक्रपथ क्षेत्रमा घुमी पशुपतिनाथसम्म श्रद्धालुहरूलाई पु¥याउनेछन्। तीमध्ये दुई बस गीता प्रेस नेपाल बुक डिपो र बाँकी दुई बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासंघको सहयोगमा सञ्चालन गरिएको हो।

कोषका अनुसार भीड व्यवस्थित राख्न र दर्शन सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। दर्शनका लागि लाइनमा बसेका भक्तजनले करिब एक घण्टामै दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको कोषले दाबी गरेको छ। त्यस्तै, नेपाली सेनाको कल्याणकारी कोषले मन्दिरको बाहिरी भागमा घामपानीबाट जोगिन ‘टेन्ट’ को व्यवस्था गरेको छ। साउन महिना भगवान् शिवको विशेष पूजा-अर्चना गरिने महिना हो। विशेषगरी महिलाहरू यस महिनामा हरियो लुगा, चुरा, मेहन्दी लगाएर शिवको आराधनामा रमाउने चलन छ।

पशुपतिनाथ मन्दिरसँगै देशभरका अन्य प्रमुख शिवालयहरू—जस्तै आराध्यदेव स्थल हरिहरनाथ (पर्सा), हलेसी (खोटाङ), गुह्येश्वरी, सिद्धेश्वर (अछाम), ढुंगेधाराको महादेव लगायतका स्थानहरूमा पनि श्रद्धालुको घुइँचो लागेको स्थानीय प्रशासनले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने, भक्तजनलाई सहज र सुरक्षित तरिकाले पूजा गर्न वातावरण बनाइएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...