राष्ट्रिय सभाको बैठक आज दिउँसो, दुई विधेयक समितिमा पठाउने प्रस्ताव कार्यसूचीमा

Published on

काठमाडौं – संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकको कार्यसूचीअनुसार दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिनेछ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने ले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्ने तय भएको छ। यस्तै, गृहमन्त्री रमेश लेखक ले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई पनि समितिमा पठाउन प्रस्ताव पेश गर्नेछन्।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

यसैबीच, प्रतिनिधिसभाका तीन समितिको बैठक पनि आजै बस्ने भएको छ। कानुन, न्याय तथा मानव अधिकार समिति मा ‘विश्वव्यापी आवधिक समीक्षा’ सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल गरिनेछ भने महिला तथा सामाजिक मामिला समिति मा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था’ बारे छलफल हुनेछ । यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति मा ‘मिडिया काउन्सिल विधेयक’ माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची तय भएको छ। उक्त समितिमा यो विधेयकमाथि पछिल्ला केही दिनदेखि निरन्तर छलफल हुँदै आएको छ।

आजको बैठकहरू संघीय विधायन, मानव अधिकार, महिला सुरक्षाजस्ता विषयमा केन्द्रित हुने देखिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...