मधेशलाई सुख्खाबाट बचाउन डिप बोरिङ जडान गरिने : प्रधानमन्त्री

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशलाई सुख्खाग्रस्त हुनबाट जोगाउन तत्काल र दीर्घकालीन गरी दुई उपाय अवलम्बन गरिने बताएका छन्।

महोत्तरीको मटिहानीमा प्रसूति गृह उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाइको अभावले मधेश अहिले संकटमा परेको बताए। उनले सर्लाहीदेखि हेलिकप्टरबाट सुख्खाको अवस्था अवलोकन गरेको उल्लेख गर्दै अधिकांश ठाउँमा रोपाइँ नभएको र पोखरी सुक्दै गएका बताए। तत्कालका लागि ५०० वटा डिप बोरिङ जडान गरिने जानकारी दिँदै एक बोरिङले ६० बिघा जमिनमा सिँचाइ गर्न सकिने बताए। दीर्घकालीन उपायस्वरूप चुरे क्षेत्रमा पोखरी, तालतलैया निर्माण गरी पानीको पुनःभरण प्रणाली मजबुत बनाउने बताए।

प्रधानमन्त्रीले सबै सरकारी तथा गैरसरकारी निकायलाई सहयोग गर्न आग्रह गरे। कार्यक्रममा सांसद महन्थ ठाकुरले संविधान संशोधन र मधेश आन्दोलनका मुद्दा फिर्ता लिन माग गरे। ओलीले राजकीय संस्कृत विद्यालयको निरीक्षण समेत गरे।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...