संघीय संसदका पाँच संसदीय समितिको बैठक आज बस्दै

Published on

काठमाडौँ – संघीय संसदका पाँच संसदीय समितिको बैठक आज बस्दैछन्। आज बस्ने समितिहरूमा अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) रहेका छन्।

अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ। चालु आर्थिक वर्षको बजेटका लागि आयोगले प्रस्तुत गरेका सिफारिस र सुझावहरू बजेटमा समेटिए/नसमेटिएको अवस्था, आयोगले सामना गरिरहेका समस्या र चुनौती, साथै समितिमा प्राप्त उजुरीबारे छलफल गरिने जनाइएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनहरूबारे संशोधनकर्तासँग छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।

पारदर्शिता र जवाफदेहिताको दृष्टिले महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिमा महालेखापरीक्षकको ६१औँ र ६२औँ वार्षिक प्रतिवेदनमाथि गहिरो छलफल गरिनेछ।

यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको प्रगति, कार्यतालिका तथा त्यसको कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयको तयारीबारे समीक्षा गरिनेछ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...