दार्चुला र बझाङमा वर्षा, चमेलिया र बौलीगाड तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

Published on

काठमाडौँ — देशका केही भागमा वर्षा सक्रिय भएसँगै बाढीको जोखिम बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी दार्चुला र बझाङ जिल्लामा नदीहरूको जलसतह उच्च भएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

दार्चुलाको चमेलिया नदीको जलसतह सतर्कता तह पार गरी अझै बढ्दो क्रममा रहेको छ। बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका होचो र डुबान प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

त्यस्तै, बझाङको बौलीगाड खोलाको जलसतह पनि सतर्कता तह आसपास पुगेको छ। खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन भनिएको छ।

यसैबीच, गएराति बर्दियाको दौलतपुर वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको जानकारी दिइएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहे पनि पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा हावाहुरी चल्न सक्ने सम्भावना छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने र कोशी तथा सुदूरपश्चिमका पहाडी भागहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...