केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय, आज ठुलो बर्षाको सम्भावना

Published on

काठमाडौँ – केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय बनेको छ, जसको प्रभाव देशभर देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएरातिदेखि मनसुनी वायुले सक्रियता देखाएको भन्दै महाशाखाले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जानकारी दिएको छ।

सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, गोरखा, स्याङ्जा, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको छ भने मधेश प्रदेशको सप्तरीसहित केही क्षेत्रमा हल्का वर्षा भएको जनाइएको छ। आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले उल्लेख गरेको छ। आज राति पनि गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रका केही भू–भागहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाले बाढी, पहिरो र डुबानको जोखिम रहन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...