केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय, आज ठुलो बर्षाको सम्भावना

Published on

काठमाडौँ – केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय बनेको छ, जसको प्रभाव देशभर देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएरातिदेखि मनसुनी वायुले सक्रियता देखाएको भन्दै महाशाखाले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जानकारी दिएको छ।

सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, गोरखा, स्याङ्जा, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको छ भने मधेश प्रदेशको सप्तरीसहित केही क्षेत्रमा हल्का वर्षा भएको जनाइएको छ। आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले उल्लेख गरेको छ। आज राति पनि गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रका केही भू–भागहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाले बाढी, पहिरो र डुबानको जोखिम रहन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img

ताजा समाचार

साढे चार लाखको टिमुरसहित एक पक्राउ

काठमाडौं । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडिबुटि टिमुरसहित एक जना...

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली विस्थापित

काठमाडौं । थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियाली आफ्नो आश्रय स्थल...

बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु

काठमाडौं । बङ्गलादेशमा यस वर्ष डेङ्गुको प्रकोपका कारण ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य...

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...