साउनको मध्यतिर पुग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न

Published on

काठमाण्डौ – साउनको मध्यतिर पुग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। धान उत्पादनमा अगाडि रहेका मधेश र कोशी प्रदेशमा अपेक्षाकृत कम रोपाइँ भएकाले यो वर्ष धान उत्पादनमा असर पर्ने संकेत देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका अनुसार मधेश प्रदेशमा हालसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ।

मधेशमा कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान रोपिने भए पनि हालसम्म मात्र १ लाख ९३ हजार १ सय १६ हेक्टरमा रोपाइँ भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब आधा मात्रै हो। गत वर्ष साउनको यसै समयमा मधेशमा ९२ प्रतिशत रोपाइँ सकिएको थियो।

धान उत्पादनमा दोस्रो स्थानमा रहेको कोशी प्रदेशमा पनि रोपाइँ सुस्त छ। यसपटक कोशीमा करिब ८० प्रतिशत रोपाइँ भएको छ, जबकि गत वर्ष सोही समयमा ९० प्रतिशत पूरा भइसकेको थियो।

सबैभन्दा राम्रो प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ, जहाँ ९९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। त्यस्तै कर्णाली र लुम्बिनी प्रदेशमा झन्डै ९२ प्रतिशत, बागमतीमा ८७ प्रतिशत, र गण्डकी प्रदेशमा ८४ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ।

जलवायुजन्य असहजता, ढिलो वर्षा र सिंचाइ सुविधाको अभावले तराईका प्रमुख धान उत्पादन क्षेत्रहरूमा रोपाइँमा ढिलाइ भएको विश्लेषण गरिएको छ। कृषि विज्ञहरूले यदि अबको केही दिनभित्रै व्यापक वर्षा भएन भने उत्पादनमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

spot_img

ताजा समाचार

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

काठमाडौं । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको...

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता...

गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबिच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु...