कांग्रेस सभापति देउवाको आग्रह, “सबै दोष नेतामाथि थुपार्ने काम नगर्नुहोस्”

Published on

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक, व्यापारिक वा औद्योगिक क्षेत्रसँग सम्बन्धित सबै कामको दोष नेतामाथि थोपर्ने प्रवृत्ति गलत भएको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्था, नीति र कार्यान्वयनको जटिलताभित्र नेता मात्रै दोषी छैनन् भन्ने स्पष्ट पारे। उनले नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा लिइएको आर्थिक उदारीकरण नीतिको चर्चा गर्दै भने, “गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभयो। व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार निजीकरण गर्नुभयो।”

उनले त्यस बेलामा उठाइएका नीतिहरूले दीर्घकालीन आर्थिक ढाँचा तयार पारेको भए पनि तत्कालीन समयमा गिरिजाबाबुले अत्यधिक आलोचना व्यहोर्नुपरेको स्मरण गरे। देउवाले थप भने, “उहाँहरूले यति गाली पाउनुभयो, सारा व्यापारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो। हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन।”

उनको भनाइमा, निजी क्षेत्रको सशक्तीकरण तथा आर्थिक उदारीकरणलाई सरकारले मार्गदर्शन गर्ने भए पनि व्यापार र उद्योग सञ्चालन भने सरकारको काम होइन। सभापति देउवाले आफ्नो कमजोरी ढाकछोप गर्न सरकारलाई दोष दिनु अनुचित भएको जिकिर गर्दै आग्रह गरे — “सरकारसँग नजोडिएका कुरालाई जबरजस्ती दोषसरकारमाथि लगाउनु समाधान होइन। कार्यान्वयन र जिम्मेवारी स्पष्ट हुनुपर्छ।”

उनको यो भनाइले पछिल्लो समय आर्थिक चुनौती, बेरोजगारी र निजीकरणबारे भइरहेका आलोचनाहरूलाई लक्षित गरेको बुझिएको छ। देउवाले नेताहरूमाथिको आरोप र गालीभन्दा संस्थागत सुधार र नीति कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...