कांग्रेस सभापति देउवाको आग्रह, “सबै दोष नेतामाथि थुपार्ने काम नगर्नुहोस्”

Published on

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक, व्यापारिक वा औद्योगिक क्षेत्रसँग सम्बन्धित सबै कामको दोष नेतामाथि थोपर्ने प्रवृत्ति गलत भएको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्था, नीति र कार्यान्वयनको जटिलताभित्र नेता मात्रै दोषी छैनन् भन्ने स्पष्ट पारे। उनले नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा लिइएको आर्थिक उदारीकरण नीतिको चर्चा गर्दै भने, “गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभयो। व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार निजीकरण गर्नुभयो।”

उनले त्यस बेलामा उठाइएका नीतिहरूले दीर्घकालीन आर्थिक ढाँचा तयार पारेको भए पनि तत्कालीन समयमा गिरिजाबाबुले अत्यधिक आलोचना व्यहोर्नुपरेको स्मरण गरे। देउवाले थप भने, “उहाँहरूले यति गाली पाउनुभयो, सारा व्यापारीलाई पोस्यो, निजीकरण गरेर सबै सक्यो भने गाली धेरै पाउनुभयो। हामीलाई गाली गर्दै हुनुहुन्छ, हामीले छोएकै छैन।”

उनको भनाइमा, निजी क्षेत्रको सशक्तीकरण तथा आर्थिक उदारीकरणलाई सरकारले मार्गदर्शन गर्ने भए पनि व्यापार र उद्योग सञ्चालन भने सरकारको काम होइन। सभापति देउवाले आफ्नो कमजोरी ढाकछोप गर्न सरकारलाई दोष दिनु अनुचित भएको जिकिर गर्दै आग्रह गरे — “सरकारसँग नजोडिएका कुरालाई जबरजस्ती दोषसरकारमाथि लगाउनु समाधान होइन। कार्यान्वयन र जिम्मेवारी स्पष्ट हुनुपर्छ।”

उनको यो भनाइले पछिल्लो समय आर्थिक चुनौती, बेरोजगारी र निजीकरणबारे भइरहेका आलोचनाहरूलाई लक्षित गरेको बुझिएको छ। देउवाले नेताहरूमाथिको आरोप र गालीभन्दा संस्थागत सुधार र नीति कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।

spot_img

ताजा समाचार

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

काठमाडौं । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म पनि सम्पन्न भएको...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको...

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता...

गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबिच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु...