काठमाडौं । वीरगञ्जमा गत शुक्रबारदेखिको हैजा संक्रमण फैलिँदै गएको छ। मंगलबार साँझसम्म ११४ जनामा हैजा पुष्टि भएको पर्सा स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म ४२२ बिरामी अस्पताल भर्ना भएका छन्, जसमा १९९ जना उपचाररत छन् भने २२३ जना डिस्चार्ज भइसकेका छन्।
नारायणी अस्पतालमा सबैभन्दा धेरै १०७ बिरामी उपचारमा छन्। दूषित पानीका कारण हैजा फैलिएको आशंकामा पानीको नमुना परीक्षण भइरहेको छ। हालसम्म परीक्षण गरिएका १० मध्ये ८ नमुनामा हैजा पुष्टि भएको छ।
संक्रमण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले विद्यालय थप तीन दिनका लागि बन्द गरेको छ। साथै, सहरभर औषधि छर्ने अभियान पनि सुरु गर्ने तयारी भएको छ।

