हुम्लाको उच्च क्षेत्रमा हिमपात

Published on

काठमाडौं । हिमाली जिल्ला हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । बिहीबार रातिबाट पानी पर्न सुरु भएपछि शु्क्रबार बिहानदेखि ती क्षेत्रमा हिमपात भएको हो । सदरमुकाम सिमकोटभन्दा माथिका उच्च डाँडा तथा हिमालहरुमा हिमपात भएको सिमकोट गाउँपालिका–२ का लोग भण्डारीले बताउनुभयो ।
सदरमुकाम सिमकोटको पश्चिमतर्फको बोक्सीडाँडा, पञ्चमुखी, रलिङ हिमालमा हिउँ परेपछि सेताम्मे देखिएका उहाँले बताउनुभयो । त्यसैगरी नाम्खा गाउँपालिका सबै वडाका उच्च क्षेत्रमा पनि हिमपात भएको वडा नम्बर ६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । बिशेषगरी नारा, न्यालु, लाप्चा क्षेत्रमा हिमपात भएपछि जमिन सेताम्मे देखिन थालेको छ । अब हिउद लाग्न सुरु भएको बताउदै उहाँले यस वर्षको पहिलो हिमपात सुरु भएको बताउनुभयो । जमिनमा चार इन्चीसम्म हिउँ जमेको बताउँदै मौसम सफा भए चाँडै सो हिउँ पग्लिने उहाँले बताउनुभयो । यो पछिल्लो वर्षाको पहिलो दिनमै हिमपात भएको छ । अग्ला डाँडा र हिमालमा हिमपात सुरु भएपछि चिसो बढेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...