आन्दोलनमा जलेको प्रहरी चौकी प्रवासी नेपालीको सहयोगमा मर्मत गरी सञ्चालन

Published on

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगलागीबाट क्षति पुगेको बाँकेको नेपाल–भारत सीमा नजिकैको इलाका प्रहरी कार्यालय जयसपुर चौकी पुनः मर्मत गरि सञ्चालन गरिएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले करिब दुई लाख १६ हजार सङ्कलन गरी सहयोग पठाएपछि सो भवनमा रंगरोगन तथा आवश्यक सामग्री खरिद गरेर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो।

उहाँले अमेरिकामा रहेका २१ जना नेपालीको योगदानमा सो रकम सङ्कलन भएको जनाउँदै दशैँ–तिहार जस्ता चाड पर्व नजिकिँदै गर्दा सुरक्षामा देखिएको चुनौतीलाई सहज बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्नुभयो । सो सहयोग संकलनमा स्थानीय पत्रकार आशिष मल्ल ठकुरीले सहजिकरण गर्नुभएको थियो । उता, आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्नेहरूमध्ये हालसम्म ४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...