मोरङमा सेनाको हेलिकप्टर तयारी अवस्थामा

Published on

काठमाडाैं । मोरङको सिंगिया र दरैया खोला आसपासका बस्तीलाई बाढी र सम्भावित प्रकोपबारे माइकिङमार्फत सचेत गराउने निर्णय भएको छ। जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म व्यापक वर्षा हुने अनुमान गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आवश्यक परे प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसहित हेलिकप्टर र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको छ। त्यस्तै, जिल्लाबाट अन्यत्र जाने रात्रिकालीन लामो दूरीका बस सेवा स्थगन गर्ने विचार पनि गरिएको छ।

सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक, गैरसरकारी संस्था र निजी संघसंस्थालाई सक्रिय राख्ने, ठूला अस्पताललाई आपत्कालीन सेवाका लागि तयारी अवस्थामा बस्ने र उद्धारका लागि आवश्यक उपकरण परिचालन गर्ने व्यवस्था गरिएको छ। यसैगरी प्रहरीको टोल फ्री नम्बर १०० र सशस्त्र प्रहरीको १११४ सहित प्रत्यक्ष सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।

यस अभियानमार्फत बाढी जोखिम न्यूनीकरण र तत्कालीन प्रतिकार्यलाई थप सुदृढ बनाउने लक्ष्य लिइएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...