हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने सवारीसाधन आवतजावतमा रोक

Published on


काठमाडौँ । हेटौँडा हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने मार्गहरुमा शुक्रबारदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

जल तथा मौसम मौसम विज्ञान विभागको यस जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने आधा दर्जन सडक रातिको समयमा सवारी साधान आवजावतमा रोक लगाएको हो ।

मकवानपुर प्रशासनले शुक्रबारबाट चार दिनसम्म त्रिभुवन राजपथ, गणेशमान मार्ग, कान्ति लोकपथसहितका मार्गमा रातिको समयमा सवारी साधान आवजावतमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मध्यमदेखि भारी वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जिल्लामा विपद्को कारणबाट हुन सक्ने धनजनको क्षति हुन नदिन शुक्रबारदेखि सोमबारसम्म रातिको समयमा सवारीसाधान आवजावतमा रोक लगाइएको जानकारी दिनुभयो ।

असोज २० गते रातिसम्म हेटौँडाबाट भैंसे हुँदै काठमाडौँ जाने सडकमा साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ६ः०० बजेसम्म र कान्ति लोकपथ हुँदै हेटौँडाबाट ललितपुर जाने सडकमा दिउँसो ४ः०० बजेदेखि भोलिपल्ट बिहान ६ः०० बजेसम्मको अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हेटौँडाबाट भैंसे हुँदै काठमाडौँ जाने सडक अन्तर्गत त्रिभुवन राजपथ, चित्लाङ–थानकोट सडक ९गणेशमान मार्ग०, महालक्ष्मी–चखेल–मातातीर्थ सडक, कुलेखानी–फाखेल–फर्पिङ सडक र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक रहेका छन् । उक्त सडक खण्डहरुमा अत्यन्त जरुरी नभई सकेसम्म टाढा र रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सबै स्थानीय तहले पहिरो जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा धनजनको क्षति हुन नदिन उच्च सतर्कता अपनाउने र जिल्लास्थित सबै सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति, स्वयंसेवकलगायतका सबै निकाय प्रतिकार्यका लागि तयार रहने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

साथै पूर्वतयारी र प्रतिकार्यमा सहकार्य गर्ने सबै साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय मकवानपुरले भनेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...