धनगढीबाट हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते

Published on

काठमाडौं । जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ख ५७०३ नम्बरको बस बिहान करिब ६ बजे अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको छ । बसमा करिब ४० जना सवारमध्ये २२ जना घाइते भएको उहाँको भनाइ छ ।

घाइतेलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

घटनास्थलमा प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार तथा आवश्यक कारबाही गरिरहेको जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...