अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकमा जनजीवन प्रभावित, बिपी र अरनिको राजमार्गमा सवारी रोकियो

Published on

शुक्रबार साँझदेखि परेको लगातार अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा जनजीवन प्रभावित बनेको छ। वर्षासँगै जिल्लाभरिका खोला तथा खोल्सामा पानीको बहाव एक्कासी बढेपछि बाढी र पहिरोको उच्च जोखिम सिर्जना भएको हो।

रोसी खोलामा पानीको सतह बढेपछि राजधानी काठमाडौँलाई पूर्वी पहाडी र तराई जिल्लासँग जोड्ने बिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिनुभयो।

उहाँका अनुसार यात्रु सुरक्षालाई मध्यनजर गर्दै बिपी राजमार्ग हुँदै गन्तव्यतर्फ गएका सवारी साधनहरूलाई धुलिखेल, काभ्रेभन्ज्याङ, भकुन्डे र मङ्गलटारमा ‘होल्ड’ गरिएको छ। शनिबार बिहानदेखि वर्षाको तीव्रता झनै बढेकाले संभावित क्षति न्यूनीकरण गर्न सवारी रोकिएको उहाँले बताउनुभयो।

त्यस्तै, अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डमा समेत सडकमाथिबाट ढुङ्गा खस्न थालेपछि जोखिम बढेको छ। सो मार्ग भएर यात्रा गर्ने सवारीसाधनहरूलाई पनि धुलिखेल र पाँचखालमा रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।

वर्षा र सवारी अवरोधका कारण दसैंको अवसरमा सहर वा गाउँतिर आवतजावत गरिरहेका सर्वसाधारण बाटोमै अलपत्र परेका छन्।

प्रहरीले अवस्था सामान्य भएपछि मात्र सवारी सञ्चालन गरिने जानकारी दिएको छ र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...