लुम्बिनी प्रदेशमा सम्भावित भारी वर्षा : मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आह्वान

Published on

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभर सम्भावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने प्राकृतिक विपद्को जोखिमप्रति गम्भीर रहन प्रदेशवासीलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी दिनहरूमा लुम्बिनी प्रदेशसहित देशका विभिन्न भागहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेपछि मुख्यमन्त्री आचार्यले बिहीबार सन्देश जारी गर्दै जनस्तरमा सचेतना र तयारी आवश्यक भएको बताउनुभएको हो।

उहाँले प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा पहिरोको जोखिम उच्च रहेको उल्लेख गर्नुभयो भने तराईका भू–भागमा डुबान, कटान र जल–थलको सम्भावना औँल्याउनुभयो। यस्तो अवस्थामा जनधनको क्षति न्यून पार्न सुरक्षा निकायहरू उच्च सतर्कतासाथ तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

मुख्यमन्त्री आचार्यले विपद् व्यवस्थापनमा सरकारी संयन्त्रसँगै स्थानीय तह, समाजसेवी संस्था, सञ्चारमाध्यम र आम नागरिकहरूको भूमिकालाई पनि महत्वपूर्ण बताउँदै सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो।

“विपद् प्रतिकार्यमा सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्नु जरुरी छ,” सन्देशमा उल्लेख छ, “जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नु, विशेषगरी रातिको समयमा सवारी साधन नचलाउनु र आकस्मिक अवस्थामा सम्बन्धित निकायलाई तुरुन्त जानकारी दिनु नै सुरक्षित उपाय हो।”

उहाँले संयमित व्यवहार, सूचनाको सही प्रयोग र समुदायस्तरको सहकार्यमार्फत सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा विश्वास व्यक्त गर्दै सबै नागरिकलाई धैर्य र सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...