बाढीले डुबायो नेपालकै ठूलो जुटमिल, करोडौंको क्षति

Published on

काठमाडौँ । सुनसरीको सोनापुरस्थित नेपालकै सबैभन्दा ठूलो जुट उद्योग ‘अरिहन्त मल्टी फाइबर्स लिमिटेड’ डुबानमा परेको छ। लगातारको वर्षापछि ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योग परिसरमा पस्दा जुटमिल पूर्ण रूपमा प्रभावित भएको हो।

उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंका अनुसार डुबानका कारण तयार जुट सामग्री, कच्चा पदार्थ र मेशिनरी उपकरणहरू सबैजसो नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार उद्योगलाई २० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

करीब ५ हजार मजदुर कार्यरत यस उद्योगमा तीन सिफ्टमा २४ सैं घण्टा उत्पादन चल्ने गरे पनि अहिले डुबानका कारण सम्पूर्ण काम बन्द भएको छ।

सुनसरी–मोरङ औद्योगिक कोरिडरमा अवस्थित अरिहन्त जुटमिलसँगै आसपासका साना उद्योग र बस्तीहरू पनि डुबानमा परेका छन्। यसले त्यहाँको जनजीवनमा प्रत्यक्ष असर परेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...