बिचैमा रोकिएका गाडी चितवनबाट काठमाडौं पठाइयो

Published on

काठमाडौं । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पहिरो पन्छाएर सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

शनिबार साँझ ६ बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनले असुरक्षित हुने भएको भन्दै सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आइतबार विहानदेखि पहिरो पन्छाउने काम गरेको थियो । पहिरो पन्छाएपछि विहान ८ बजेदेखि सवारी साधन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गाणेश अर्यालले जानकारी दिनुभयो ।

“हामीले औपचारिक रुपमा सवारी साधन सञ्चालनमा ल्याएका छैनौ” उहाले भन्नुभयो “रोकिएका र आपतकालीन सवारी साधन मात्र सञ्चालन गरेका छौ ।” अहिले नारायणगढ मुग्लिन सवारी साधन सञ्चालनमा समस्या छैन, प्रजिअ अर्यालले भन्नुभयो ।

अर्यालका अनुसार मुग्लिनदेखि काठमाडौं जाने बाटोमा पहिरो खसेकाले खुलाउने काम भइराखेको छ । मुग्लिनदेखि मलेखु र मलेखुदेखि नागढुंगासम्मको विभिन्न स्थानमा पहिरो गएकाले पन्छाउने काम भइराखेको प्रजिअ अर्यालले बताउनुभयो ।

पूर्ण रुपमा सडक सञ्चालन नभएसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने उहाँले बताउनुभयो । अत्यावश्यक सवारी साधन, रोकिएका साधनलाई मात्र सञ्चालन गर्न दिएको अर्यालले बताउनुभयो ।

चितवनमा रोकिएका सवारी साधनलाई पूर्व र पश्चिम जान दिइएको छ । आइतबार विहानबाट सञ्चालन गर्न दिएको अर्यालले बताउनुभयो । पूर्वमा कोसीवारीसम्मका सवारी साधन सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

अर्यालका अनुसार जिल्लामा अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको जानकारी दिनुभयो । सवारीसाधन रोकेर सम्भावित जोखिमलाई टार्न सकिएको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...