सुरक्षित रहन दलहरूको आग्रह

Published on

काठमाडौं । प्रमुख राजनीतिक दलले अविरल वर्षासँगै सुरु भएको बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट जोगिन आह्वान गरेका छन् । दलहरूले असोज १७ गते रातिदेखि सुरु भएको भीषण वर्षा, बाढी र पहिरोको जोखिमबाट बच्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै प्रतिकूल मौसमका सन्दर्भमा सूचना प्रभावकारी बनाउन, सरकार र सम्बद्ध निकायले सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षित हुन आग्रह गर्नुभएको छ । उहाँले पहाडी भूगोल र सडकमार्ग जोखिमपूर्ण रहेकाले भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडकमार्गमा यात्रा नगर्न आग्रह गर्नुभएको छ । साथै कांग्रेसले विपत्सँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावकारी ढङ्गको भूमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गर्न आग्रह गरेको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलद्वारा जारी सूचनामा खोलानाला तथा नदीकिनारमा नजान, लामो दुरीको अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न अनुरोध गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिमलाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तिनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपत् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दछु । अन्य राजनीतिक दलले पनि बाढी, पहिरोबाट जोगिन आग्रह गर्दै सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन ध्यानाकर्षण गराएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...