पहिरोमा पुरिएर इलाममा १८ बढीको मृत्यु

Published on

काठमाडौं । इलाम जिल्लाका ६ स्थानमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ । जिल्लाका बिभिन्न स्थामा गएरातीको बाढी पहिरोमा पुरिएर मृत्यु हुने संख्या १८ पुगेको हो ।

इलाम नगरपालिका वडा नं।६ घोसमा डम्बरबहादुर तामाङको घर पहिरोले पुरिदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घरमा पहिरो खस्दा ४जनाको मृत्यु भएको छ ।

क्षेत्रीको घरबाट उद्धार गरी उपचारको लागि लैजाँदै गर्दा थप १ जनाको बाटोमा नै मत्यु भएको प्रहरीले जनाएको छ ।

माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय धनबर सोङ्मीको घर पहिरोले पुर्दा धनबर सहित पाँच जनाको मृत्यु भएको छ । यस्तै, माइृजोगमाई ६ कै किरण थेवेको घर पहिरोले पर्दा उहा सहित तीन जना बेपक्ता भएको गाउँपालिका अध्यक्ष कुश बहादुर थ्ेवेले जानकारी दिनुभयो ।

त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएको प्रहरीले जानकारी दिएकोछ ।

त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरुको उद्धारका लागि इटहरीबाट नेपाली सेनाको हेलीकप्टर घटनास्थल तर्फ गएको बुझिएकोछ ।

देउमाई नगरपालिका ५ धारेमा १ जना मृत्यु भएका छ भने देउमाई –५ धुसेनीमा २ जना जनाको मृत्यु भएको छ । त्यस्तै फाकफोकथुम गाउँपालिका ३ रातमाटेमा १ जना मृत्यु भएको छ। जिल्ला भर पहिरोका कारण मृत्यु हुनेको संख्या बढन सक्ने शसस्त्र प्रहरी इलामका एसपी लोकेन्द्र सुवेदीले जानकारी दिनुभयो।

जिल्लाभर पहिरोले पुरीएको खबर छ । धेरै ठाउमा स्थानीय अलपत्र अवस्थामा छन । पहिरोले सडक बगाए पछि सबै ठाउँमा प्रहरी पुग्न सकेको छैन । पहिरोका कारण मृत्यु हुनेको संख्या बढने प्रहरीले जनाएको छ । अहिले सम्म सब फेला परेका सबैको सनाखत हुन समेत सकेको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...