झापामा पाँच सयभन्दा बढी परिवार विस्थापित

Published on

काठमाडौं । दुई दिन अघिदेखि आएको अविरल वर्षासँगै कन्काई, कमल, रतुवासहित झापाका विभिन्न खोलामा आएको बाढीका कारण झापामा ५ सयभन्दा बढी घरहरु विस्थापित भएका छन् । झापाका अधिकांश पालिकाहरु बाढीको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकामा सबैभन्दा बढी प्रभावित बनेको छ । साढे तीन सयभन्दा बढी घरपरिवारलाई सुरक्षित स्थलमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गाउँपालिका, भद्रपुर नगरपालिका लगायतका पालिकाहरुमा विस्थापितहरुको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूका अनुसार अहिले उद्धार कार्य जारी रहेको र विभिन्न पालिकाहरुमा भएको विस्थापित तथा डुबानको बारे जानकारी लिने काम गरिरहेको छ । ुहाम्रो पहिलो प्राथमिकता उद्धार र मानवीय क्षति हुन नदिनमा केन्द्रित छु, उहाँले भन्नुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...