तमोर काेरिडोर दुर्घटनामा परी मृत्यु हुनेको यातायात खर्च मेरिङदेनले बेहोर्ने

Published on

काठमाडौं । तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ मध्ये ४ जना मेरिङदेन गाउँपालिकाका छन् । योसँगे मेरिङदेन गाउँपालिका नै शोकमा परेको छ ।

मृत्यु हुने ६ जनामध्ये ४ जनामा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका विनोद लङवा, मेरिङदेन–४ लिङ्तेपका गीता हाङगाम, मेरिङदेन–५ थुकिमाका अभिषेक लिम्बू र मेरिङदेन–५ थुकिमाकै धनकुमार लिम्बू रहेको प्रहरीको मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गाम डम्बरले बताउनुभयो । यस्तै मृत्यु हुने अन्य दुई जनामा मोरङको उर्लाबारी नगरपालिका–८ की मनीषा कार्की, सिदिङवा गाउँपालिकाकी २९ वर्षीया युना तामाङ रहनुएको छ ।

यो सँगै मेरिङदेन गाउँपालिकाले सम्पूर्ण मृतकलाई आ–आफ्नो घरसम्म ल्याउनका लागि यातायात बापतको खर्च बेहोर्ने भएको छ । गाउँपालिका अध्यक्ष हाङ्गामले भन्नुभयो, अहिले मेरिङदेन गाउँपालिका नै शोकमा डुबेको छ । यो अवस्थामा पालिकाले सम्पूर्ण मृतकहरूको शवलाई आ आफ्नो घरसम्म ल्याउनका लागि यातायात बापतको खर्च बेहोर्ने निर्णय गरेको छ ।

अध्यक्ष हाङ्गामका अनुसार घाइते हुने ६ जनामध्ये २ जना मेरिङदेन गाउँपालिकाकै छन् । २२ वर्षका महेश केदेम लिम्बू र २५ वर्षीय विमल लिम्बू मेरिङदेन–५ थुकिमाकै रहेका अध्यक्ष हाङ्गामले बताउनुभयो ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...