नारायणी मा मनसुनको असर,मानवीय क्षति शून्य

Published on

काठमाडौं । देशभर सक्रिय मनसुनले विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटना निम्त्याए पनि चितवनमा भने यसपालि कुनै मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालका अनुसार समयमै सतर्कता अपनाइएकाले सम्भावित जोखिमबाट जनधनको क्षति हुन दिइएन। विशेषगरी नारायणी र राप्ती नदी आसपास उच्च जोखिम रहे पनि पूर्वतयारी र सतर्कता अपनाउँदा स्थिति नियन्त्रणमा राख्न सकिएको हो।

असोज ३ गते तुइन खोलामा आएको ठूलो पहिरोका कारण ५६ घण्टासम्म सवारी आवागमन रोकिएको थियो। पहिरो हटाएपछि सवारी सञ्चालन पुनः सुरु गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो। यात्रुहरूलाई निःशुल्क खाना, स्वास्थ्य सेवा तथा वैकल्पिक व्यवस्थासमेत गरिएको थियो।

यस्तै, असोज १८ गतेदेखि परेको अविरल वर्षापछि जोखिमयुक्त स्थानहरूमा सवारी सञ्चालन रातको समयका लागि पूर्णरूपमा बन्द गरिएको थियो। प्रभावित यात्रुहरूलाई भरतपुर, नारायणगढ र सौराहाका होटलहरूमा ७५ प्रतिशत छुटमा बस्ने व्यवस्था गरिएको थियो।

जिल्ला सुरक्षा समितिको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सकेको र तयारी अवस्थामा रहेका निकायबीचको समन्वय सशक्त रहेको प्रजिअ अर्यालले बताउनुभयो। यसले सम्भावित क्षति न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको हो।

spot_img

ताजा समाचार

थिलथिलिएको विपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

 काठमाडौं । विपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको...

भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष...

यात्रुलाई लुट्ने चार जना पक्राउ

काठमाडौं । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित...

नासाको नयाँ मिसनः चन्द्रमातर्फ मानवताको ठुलो कदम

काठमाडौं । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ...