खोलामा डुबेर वृद्धको मृत्यु, एकको उद्धार

Published on

काठमाडौं । अविरल वर्षाले आएको बाढिले रौतहटमा एक वृद्ध महिलाको मृत्यु भएको छ । एक पुरुषको जीवितै उद्धार गरिएको छ ।

माधवनारायण नगरपालिका –८ का हरिवंश रायको ७५ वर्षीय श्रीमती पन्मादेवी रायको बागमती खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रायको घरदेखि २ किलोमिटर उत्तरपूर्वमा पर्ने बागमती खोलामा दाउरा टिप्ने क्रममा उहाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

स्थानीय र प्रहरीको सहयोगमा मृतक रायको शव खोलाबाट निकालिएको उहाँले जानकारी दिनुभयो । यसैबिच गढिमाइ नगरपालिका –५ बागमती नदी किनारमा दाउरा टिप्ने क्रममा ६५ वर्षीय बिगनराय यादवलाई बागमती नदीले बगाउँदा स्थानीय र सशस्त्र प्रहरी बल सन्तपुरको सहयोगमा उद्धार गरिएको सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो ।

गढिमाइ नगरपालिका –१ स्थित भरत मेडिकल हलमा सामान्य उपचारपछि यादव घर फर्किनुभएको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...