देशभर बाढी–पहिरोले ४९ जनाको ज्यान गयो, ७ जना अझै बेपत्ता

Published on

काठमाडौं । अविरल वर्षासँगै देशभर विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण हालसम्म ४९ जनाको ज्यान गएको छ भने ७ जना अझै बेपत्ता रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार अहिलेसम्मको उद्धार तथा जानकारी अपडेटअनुसार इलाममा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ। त्यस्तै, पाँचथरमा ६, रौतहटमा ३, उदयपुरमा २, खोटाङमा १ जनाको ज्यान गएको छ।

बेपत्ता हुनेमा रसुवामा ४, इलाम, बारा र काठमाडौंमा एक–एक जना रहेका छन्। सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिनुभयो।

यस्तै, विभिन्न जिल्लामा २० जना घाइते भएका छन्। इलाममा ७, पाँचथरमा ६, खोटाङमा ३, भोजपुरमा २, उदयपुर र मकवानपुरमा १–१ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।

सुरक्षाकर्मी, स्थानीय प्रशासन र उद्धार टोलीहरू प्रभावित क्षेत्रहरूमा खटिइरहेका छन् भने जोखिमयुक्त स्थानमा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...