आवागमन एकतर्फी खुला गर्ने प्रशासनको निर्णय

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले मौसममा क्रमिक सुधार हुँदै गएपछि सडकमा यात्रुको चापलाई दृष्टिगत गर्दै उक्त सडकमा आवागमन एकतर्फी रुपमा खुला गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, सङ्केत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधन, काठमाडौँबाट नुवाकोटतर्फ जाने सवारीसाधन र काठमाडौँ दक्षिणकाली हुँदै हेटौंडातर्फ जाने सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...