सप्तरीमा नेपाली सेनाद्वारा २० जनाको उद्धार

Published on

काठमाडौं । लगातारको अविरल वर्षापछि आएको बाढीका कारण सप्तकोशी नगरपालिकामा डुवानमा परेका बीस जनालाई नेपाली सेनाले उद्वार गरेको छ ।

नगरपालिकाको वडा नम्बर ६ स्थित बोचही पोखरीया क्षेत्रका ४२ घरधुरी डुवानमा परेपछि नेपाली सेनाले सकुशल उद्वार गरेको हो ।

श्री बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले त्यहाँ फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित करिब २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिनुभयो ।

नेपाली सेनाको सक्रियताले ठूलो जनधनको क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् ।

वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धारटोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...