जिप दुर्घटनामा चालकसहित आठ घाइते

Published on

काठमाडौं । सल्यानमा सोमबार जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका –८ ज्वालापुरस्थित खलङ्गाबाट सुनचौरतर्फ जाँदैगरेको लुप्र ०२–००१ च ०१८६ नम्बरको डबलक्याप जिप दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार घाइते हुनेहरुमा चालक शारदा, ८ आरा बस्ने बर्ष २७ का सुरेन्द्र कंवरको अवस्था गम्भीर छ । अन्य घाइतेहरुमा शारदा, ८ कै वर्ष ७२ कि भोटीकुमारी बुढाथोकी, वर्ष १७ का कुलबहादुर बुढा, वर्ष ७१ का लालबहादुर भण्डारी, वर्ष २१ कि मञ्जरी राना, उहाँकी पाँच महिनाकी छोरी एलिशा रहनुभएको छ।

अन्य घाइतेहरुमा शारदा, १४ का २६ वर्षीय सुशील कंवर, ४८ वर्षीय भूपबहादुर बिक रहनुभएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । दिउँसो साढे १ बजेतिर जिप अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...