काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। सोमबारको तुलनामा आज एक तोला सुनको मूल्य दुई हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक तोला सुन रु. २,३३,१०० मा कारोबार भएको थियो। आज सो मूल्य रु. २,३५,४०० मा पुगेको छ। चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ।
सोमबार चाँदी रु. २,९६० मा किनबेच भएको थियो। त्यसअघि आइतबार सुन रु. २,३०,६०० र चाँदी रु. २,९३० मा कारोबार भएको थियो।
महँगोको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको वृद्धि हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुनको मूल्य ३,९६५ अमेरिकी डलर पुगेको छ, जुन पछिल्लो समयको उच्च दरमध्ये एक हो।

