अलपत्र यात्रुलाई गन्तब्यमा लैजान निःशुल्क यातायात

Published on

काठमाडौं । चाडबाडकोे समयामा गएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई गन्तब्यमा लैजान इलाममा निःशुल्क यातायत सेवा सञ्चालन गरिएको छ ।

इलामको सूर्योदय नगरपालिकाले हिजोदेखि इलामको माईखोलादेखि फिक्कलसम्म अलपत्र यात्रु ओर्सानका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । नगरले करफोक बिद्या मन्दिर माध्यमिक बिद्यालयको बस निःशुल्क सञ्चालन गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।

सूर्योदयले निःशुल्क बस सेवा सञ्चालन थालेसँगै जिल्ला प्रशासन कार्यालय इलाममा बिपत ब्यवस्थापन समितिको बैठकले अन्य स्थानमा पनि निःशुल्क यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार इलाम नगरपालिकाले इलाम बजारदेखि माईखोला ९राजदुवाली० माथिसम्म निःशुल्क यातायत सेवा सञ्चालन गरेको छ ।

यस्तै, पुर्वेली यातायात सेवाले इलाम माईखोला मार्गमा अस्थायी रूपमा निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ । सडक सहज रुपमा सञ्चालन नहुन्जेल निःशुल्क यातायात सेवा सञ्चालन गरिने पुर्वेली यातायात सेवाले जानकारी दिएको छ । यस्तै इलामका समाजसेवी रतन अग्रवालले समेत निःशुल्क रुपमा यात्रु ओर्सानका लागि एउटा सवारी उपलब्ध गराउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले प्याब्सन लगायतलाई यातायतका साधन उपलब्ध गराउन अनुरोध गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पर्यटक र यात्रुलाई गन्तब्यसम्म लैजानका लागि निःशुल्क यातायत सञ्चालन गरिएको जानकारी दिनुभयो ।

इलामको जोरकलशदेखि माईखोलासम्म यातायात सञ्चालन भइरहेको छ । माईखोला माथिपट्टि मेची राजमार्ग पहिरोले बगाएको छ । पहिरोसँगै सडकमा लेदो बगिरहेका कारण पुसमा पूर्ण सुधार आएपछि मात्र मर्मत गर्न सकिने इलामका सहयाक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जानकारी दिनुभयो । माईखोलासम्म पुगेका यात्रु १५ मिनेट हिडेर अर्को सवारीमा इलाम पुग्न सक्ने उहाँले जानकारी दिनुभयो ।

इलामदेखि नेपालटारसम्मको सडक सफा गर्ने र पहिरो पन्छाउने काम भइरहेको छ । आज साँझसम्ममा उक्त सडक सूचारु गरी पाँचथरसम्म यातायात सञ्चालन गरिने सहायक प्रजिअ गुरागाईले जानकारी दिनुभयो ।

यसैबिच इलाममा अलपत्र परेका यात्रु र पर्यटकलाई होटल ब्यवसायी संघ इलामले निःशुल्क खाने बस्ने ब्यवस्था गर्ने भएको छ । संघका अध्यक्ष देवी पौडेलले बेखर्ची, बिपन्न र अस्पताल आएकाहरुका लागि संघले निःशुल्क बसोबासको ब्यवस्था गरिने जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...