पाँचथरको मेवामा नवजात शिशुको शव फेला, प्रहरीले अनुसन्धान सुरु गर्‍यो

Published on

काठमाडौं । पाँचथरको तुम्बेवा गाउँपालिका–२, मेवामा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गाउँको भिरमा फालिएको अवस्थामा शव भेटिएपछि स्थानीय तह र प्रहरी प्रशासनले घटना बारे अनुसन्धान थालेको छ।

गाउँपालिका अध्यक्ष बाबुराम खड्काका अनुसार, शिशुको अवस्था हेर्दा भर्खरै जन्मिएको जस्तो देखिन्छ र अनकन्टार भिरमा भेटिएको शव कसैले अनधिकृत रूपमा जन्माएर त्यहीँ फालेको हुनसक्ने अनुमान गरिएको छ।

घटनाको जानकारी पाएपछि अध्यक्ष खड्का स्वयं टोलीसहित घटनास्थल पुगेका थिए। त्यसपछि प्रहरीलाई बोलाएर कानुनी प्रकृया अनुसार मुचुल्का तयार पारिएको र शव परीक्षणका लागि प्रक्रिया अघि बढाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको छ। शव कसले, किन, र कुन अवस्थामा फालेको हो भन्नेबारे अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...