सुदूरपश्चिममा मनसुन बुधबारदेखि सुधार हुने

Published on

काठमाडौँ, असोज २२ — मनसुन सकिए पनि सुदूरपश्चिम प्रदेशमा पोष्ट मनसुनको सक्रियताका कारण भइरहेको वर्षा बुधबारदेखि कम हुँदै जाने मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका प्रमुख सञ्जयकुमार साहका अनुसार पछिल्ला केही दिनयता सुदूरपश्चिममा परेको पानी मनसुनपछि सक्रिय हुने पोष्ट मनसुन प्रणालीकै कारण हो। “सुदूरपश्चिमबाट मनसुन बाहिरिएलगत्तै पोष्ट मनसुन सक्रिय भयो,” उहाँले भन्नुभयो, “त्यसकै प्रभावले प्रदेशभर वर्षा भइरहेको हो।”

नेपालमा वर्षा सामान्यतः चार चरणमा हुने गर्छ— प्रि–मनसुन, मनसुन, पोष्ट मनसुन र हिउँदे। हालको वर्षा पोष्ट मनसुनअन्तर्गत परिरहेको हो।

पोष्ट मनसुनको प्रभावले सबैभन्दा बढी पानी डडेल्धुराको ज्यामिरेखाली क्षेत्रमा परेको महाकाली बेसिन कार्यालयले जनाएको छ। सोमबार मात्र सो क्षेत्रमा ७१.२ मिलिमिटर वर्षा मापन गरिएको छ भने पछिल्लो २४ घण्टामा ७४.८ मिलिमिटर पानी परेको छ।

लगातारको वर्षाले किसानलाई समस्या भएको छ। कैलारी गाउँपालिका–७ का कृषक खेमराज चौधरीका अनुसार धान पाकेर तयार भए पनि वर्षाका कारण काट्न समस्या भइरहेको छ। दसैँपछि धान काट्न सुरु गरेका किसान वर्षाले रोकिएका छन्।

“कतिपयले काटेर थ्रेसिङ गरेर भित्र्याइसकेका छन्, तर धेरैको धान पानीले भिजेको छ,” कृषक चौधरीले भन्नुभयो, “यदि अझै वर्षा रोकिएन भने खेतमै धान उम्रिने खतरा छ।”

तर मौसमविद् साहले बुधबारदेखि मौसममा सुधार हुने संकेत देखिएको बताउँदै, त्यसपछि किसानलाई धान भित्र्याउन सहज हुने अपेक्षा गर्न सकिने जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...