हिउँदे बालीका लागि राहत, आलु खेतीमा ढिलाइ

Published on

काठमाडौँ, असोज २२ — देशभरबाट मनसुन बाहिरिएपछि डडेलधुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा पुनः वर्षा सुरु भएको छ। सोमबार दिउँसोदेखि हल्का वर्षा सुरु भए पनि राति भारी वर्षा भएको हो। यो वर्षा किसानका लागि हिउँदे बाली लगाउनका लागि राहत बनेको बताइएको छ।

जल तथा मौसम विज्ञान विभाग, हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारका अनुसार पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको हो र यसको प्रभाव शुक्रबार दिउँसो १२ बजेसम्म रहने अनुमान गरिएको छ। बुधबारदेखि बिहीबारसम्म मात्र ४५ मिलिमिटर वर्षा भएको र शुक्रबारसम्म जम्मा १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने उनले जानकारी दिए।

डडेलधुरामा असोजको पहिलो सातापछि ठूलो वर्षा नभएकाले धान बाली भित्र्याउन सहज भएको थियो। तर अहिलेको निरन्तर वर्षाले हिउँदे बालीका लागि जमिन तयारी गर्न सकिने अवस्था बनाएको छ।

कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार ठूलो वर्षा भए आलु खेतीमा समस्या हुन सक्ने भएकाले पहिलेको सुख्खा मौसम आलु रोपाइँका लागि अनुकूल थियो। तर अहिले भइरहेको वर्षाले कतिपय किसानले आलु लगाउन ढिलाइ भएको जानकारी उनले दिए।

डडेलधुरामा असोज महिनाभरि र कात्तिकको पहिलो सातासम्म हिउँदे आलु लगाइने गरिन्छ। वर्षाले केही असर गरे पनि, यसले पाकेको धान र दलहन बाली भित्र्याउन केही अवरोध गरे पनि खनजोत र गहुँ, तोरी, आलु जस्ता हिउँदे बाली लगाउन भने उपयोगी सावित भएको छ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ। कृषि विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी केशव पाण्डेयका अनुसार प्रदेशमा कुल खेतीयोग्य जमिन तीन लाख ५९ हजार ९११ हेक्टर रहेको छ।

डडेलधुरामा मात्रै छ हजार १२० हेक्टरमा धान खेती हुने अनुमान छ, जसको करिब २० प्रतिशत (१,२२४ हेक्टर) क्षेत्रमा छरुवा घैया धान लगाइन्छ। दुई सातासम्म पानी नपर्दा जमिन सुक्खा भइसकेको र पाखो जमिन जोत्न पनि गाह्रो भइसकेको किसानहरू बताउँछन्।

किसान धनबहादुर बोहराका अनुसार, “पानी नपर्दा हाते ट्र्याक्टरलेसमेत जोत्न नसकेका थियौँ। अहिले परेको पानीले जमिन भिजेको छ, अब गहुँ र अन्य हिउँदे बाली छर्न सहज भएको छ।”

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम डडेलधुराका अनुसार जिल्लामा कुल १,२२२ हेक्टरमा आलु खेती हुने गर्दछ। यसमध्ये बर्खे आलु ४०० हेक्टरहिउँदे आलु ७२२ हेक्टर क्षेत्रफलमा उत्पादन गरिन्छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...