दंगीशरण राजाकोटलाई पर्यटक गन्तव्य बनाउने अभियान

Published on

काठमाडौं । साविक गोल्टाकुरी गाविस र हालको दंगीशरण गाउँपालिका –२ मा पर्ने ऐतिहासिक स्थल राजाकोटलाई पर्यटन गन्तव्य बनाउने उद्देश्यसहित स्थानीय युवाहरूले कार्तिक १ गतेदेखि यात्रा अभियान सञ्चालन गर्नेभएका छन्।

राजाकोटको ऐतिहासिक, भौगोलिक र प्राकृतिक महत्वलाई प्रचार–प्रसार गर्न अभियान थालिएको स्थानीय युवा प्रकाश डाँगीले जानकारी दिनुभयो । समुद्री सतहदेखि १ हजार ५५६ मिटर उचाइमा अवस्थित राजाकोट घना जंगलले ढाकिएको रमणीय पहाड हो। तुलसीपुर बजारदेखि करिब २० किलोमिटर दक्षिणतर्फ पर्ने यो क्षेत्र तिलकन्या र पाथीभारा सामुदायिक वनसँग जोडिएको छ। डाँगीको अनुसार गोल्टाकुरीबाट करिब पाँच किलोमिटर पैदल यात्रा गरेपछि राजाकोट पुग्न सकिन्छ।

राजाकोट दाङ उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११ औँ देखि १५ औँ शताब्दीसम्म शासन गरेका भुरेटाकुरे राजाहरूसँग सम्बन्धित स्थल मानिन्छ । सुकौराकोटका राजा दंगीशरण गर्मीमा यही राजाकोटमा बस्ने गरेको किम्वदन्तीमा पाइन्छ । यही कारण अहिले नेपाल टेलिकमको रिपिटर टावर रहेको उक्त पहाडको नाम राजाकोट रहन गएको हो।

थारु भाषामा ‘रज्जवाकोट’ को अर्थ राजा बस्ने चुचुरो भन्ने हुन्छ। स्थानीय विश्वासअनुसार राजा दंगीशरण सिकारका पारखी थिए । आफ्ना रानीसँग बुल्बुल्या तालमा नुहाउँथे। आजसम्म पनि थारु समुदायमा माघीको अवसरमा नुहाउने चलन त्यही परम्पराको निरन्तरता मानिन्छ।

राजाकोट क्षेत्रबाट नेपालगञ्ज, बहराइच, स्वर्गद्वारी, र महाभारत श्रृंखलासहित हिमाली सेताम्मे हिमश्रृंखला देख्न सकिन्छ। विगतमा यो बाटो नेपालगञ्ज–दाङ जोड्ने मुख्य पैदलमार्ग थियो। त्यसबेलाका घोडासवार र व्यापारीको यात्रा आज किंवदन्ती समान बनेको छ। पछिल्ला वर्षहरूमा बाँके राष्ट्रिय निकुञ्जको विस्तार र वन्यजन्तुको चहलपहल बढेपछि उक्त क्षेत्रमा आवागमन घटेको छ।

स्थानीय युवाहरूले इतिहास र प्रकृतिको संगमस्थल ‘राजाकोट’ लाई पुनः परिचित र जीवित पर्यटन गन्तव्य बनाउने अभियान थालेका छन्। “राजाकोट केवल एउटा पहाडको चुचुरो होइन, यो हाम्रो इतिहास र पहिचान हो, डाँगीले भन्नुभयो, यसको संरक्षण र प्रवर्द्धन हाम्रो जिम्मेवारी हो।” गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...