दुई करोडभन्दा बढीको खसीबोका बिक्री

Published on

काठमाौं । दसैँ अवधिभर बाँके जिल्लाबाट दुई करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत दुई करोड रुपियाँ बढीको खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।

दसैँ सुरु भएदेखि असोज २० गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका छन् । जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत् दुई करोड ३८ लाख १० हजार ८१७ रुपियाँ बराबरका ४३ हजार ५९३ किलो तौल भएका १ हजार ३५१ वटा खसीबोका सहकारीमार्फत बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् ।

दसैँमा सबैभन्दा बढी राप्तीसोनारी –९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । संस्थाका प्रबन्धक भुपेन्द्र खड्काका अनुसार सो सहकारीले ३१ लाख ८१ हजार ७५० रुपियाँ बराबरका ५ हजार ७८५ किलो तौल भएका १७८ वटा खसीबोका बिक्री गरेको छ ।

त्यसपछि राप्तीसोनारी –७ लालपुरमा रहेको परिवर्तनले ३१ लाख ६८ हजार ८७० रुपियाँका खसीबोका बिक्री गरेको छ । संस्थाका व्यवस्थापक पम्फा परियारले उक्त रकम बराबरका ५ हजार ९७९ किलोग्राम तौल भएका २१३ वटा सखीबोका बिक्री गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी राप्तीसोनारी –७ फत्तेपुरमा रहेको रोशनी साउमससंले २५ लाख ८३ हजार ९०० रुपियाँ बराबरको ४ हजार ७८५ किलो तौल भएका १४५ वटा खसीबोका बिक्री गरेको संस्थाका व्यवस्थापक नसरुदिन शेषले जानकारी दिनुभयो ।

राप्तीसोनारी –२ खोरीयास्थित जननी साउमससंले २४ लाख २७ हजार ३६० रुपियाँ बराबरका ४ हजार ४७१ किलो तौल भएका १४८ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिनुभयो ।

कुसुम साउमससंले २३ लाख ६५ हजार ८२५ रपियाँका खसीबोका बिक्री गरेको प्रवन्धक गङ्गा खुनाले जानकारी दिनुभयो । उहाँका अनुसार ४ हजार ३३९ किलो तौल भएका ९५ वटा खसीबोका बिक्री भएका हुन् ।

त्यसैगरी राप्तीसोनारी –४ धामपुरस्थित सुनकोशी साउमससंले २० लाख ३३ हजार २७ रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक दिपा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार ६५३ किलोग्राम तौल बराबरका १११ वटा खसीबोका बिक्री भएका थिए ।

बैजनाथ –४ एकासीनगरस्थित बैजनाथ साउमससंले १९ लाख ७५ हजार रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक प्रमोद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार ५९० किलोग्राम तौल बराबरका ११० वटा खसीबोका बिक्री भएका हुन् ।

राप्तीसोनारी –६ टेपरीस्थित नयाँ सिर्जनशील साउमससंले १८ लाख ८८ हजार ४२५ रुपियाँ बराबरका ३ हजार ४३३ किलो तौल भएका १०४ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताउनुभयो ।

अप्सरा साउमससंले ११ लाख ५७ हजार ८०० रुपियाँ बराबरका खसीबोका बिक्री गरेको व्यवस्थापक झुपा विष्टले बताउनुभयो । उहाँका अनुसार २ हजार १७ किलोग्राम तौल बराबरका ६७ वटा खसीबोका बिक्री भएका हुन् ।

बैजापुर साउमससंले १० लाख ६३ हजार ९१० रुपियाँ बराबरका खसीबोका बिक्री गरेको छ । व्यवस्थापक चन्द्र थारुका अनुसार १ हजार ९४५ किलोग्राम बराबरका ६१ वटा खसीबोका बिक्री गरिएको हो ।

कोहलपुर साउमससंले १० लाख ३६ हजार ७४० रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक नवीन साहुले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ८६८ किलोग्राम तौल बराबरका ६० वटा खसीबोका बिक्री भएका हुन् ।

सशक्तीकरण साउमससंले ३ लाख ९२ हजार ९७५ रुपियाँका खसीबोका बिक्री गरेको लेखापाल उमेशराज कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार ७१४ किलोग्राम तौल बराबरका २३ वटा खसीबोका बिक्री भएका हुन् ।

बैजनाथ – ८ टिटहरियामा रहेको दिपलगन साउमससंले ३ लाख ५९ हजार ६६० रुपियाँका खसीबोका बिक्री गरिएको व्यस्थापक गौमती गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ६७७ किलोग्राम तौल बराबरका २३ वटा खसीबोका बिक्री भएका छन् ।

सङ्गिनी साउमससंले १ लाख ७५ हजार ६०५ रुपियाँका खसीबोका बिक्री गरेको व्यवस्थापक पार्वती खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ३३७ किलोग्राम तौल बराबरका १३ वटा खसीबोका बिक्री भएका हुन् ।

बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत किसानले बाख्रापालन गर्दैआएका हुन् । जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्तीसोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् ।

किसानले पालेका खसीबोकाहरु सहकारी संस्थामार्फत बिक्री गर्दैआएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपियाँसम्म नाफा खाएर बिक्री गर्दैआएका छन् । अन्य समयभन्दा दसैँको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ । बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दैगएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...