तलब नपाएपछि खडक नगरपालिकामा शिक्षकद्वारा तालाबन्दी

Published on

काठमाडौं । चार महिनासम्म तलब नपाएको भन्दै सप्तरीको खडक नगरपालिकाका शिक्षकहरूले बुधबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

महान चाड दशैंको मुखमा समेत तलब नपाएकोमा आक्रोशित शिक्षकहरूले कल्याणपुरस्थित नगर कार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका हुन्। शिक्षक कुलानन्द साहका अनुसार तलब वितरणका लागि कार्यपालिकाले निर्णय गरिसकेको भए पनि कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा उत्रन बाध्य भएका हुन्। “भोकै पेट काम गर्न सकिन्न, त्यसैले हामीले तालाबन्दीसहित पठनपाठन ठप्प पार्ने निर्णय गरेका छौं,” उनले बताए।

अर्का शिक्षक शैलेन्द्र कुमार चौधरीले चार महिनासम्मको तलब रोकिएपछि दैनिक जीवन सञ्चालन गर्नसमेत गाह्रो भएको बताउँदै आन्दोलनमा सामेल हुनुपरेको दुःखेसो पोखेका छन्।

तालाबन्दीपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा धर्मराज सिंहसहित १५ जना शिक्षकको हस्ताक्षर रहेको छ।

यता खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले नगरप्रमुख जयप्रकाश चौधरीबाट तलब वितरणका लागि आवश्यक अख्तियारी प्राप्त नभएकाले तलब खुवाउन नसकिएको स्पष्ट पारेका छन्।

“नगरसभाबाट निर्णय भइसकेको र कार्यपालिका बैठकबाट पनि असोज २ गते तलब दिने निर्णय भएको थियो, तर नगरप्रमुखले अझै अख्तियारी दिनुभएको छैन,” उनले भने।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...