सिंगाबाट दैनिक पाँच सय लिटर दुध पोखरा निर्यात

Published on

काठमाडौं । जिल्लाको बेनी नगरपालिका ४ सिंगाका पशुपालक किसानहरुले दैनिक पाँच सय लिटरभन्दा बढी दुध पोखरा निर्यात गर्न थालेका छन् । दुध उत्पादनका हिसाबले पकेट क्षेत्र सिंगाबाट पोखराको सुजल डेरीले दैनिक रुपमा दुध पोखरा लैजान थालेको हो । दुध पोखरा निर्यात हुन थालेपछि किसानहरुमा उत्साह थपिएको छ ।

सिंगामा उत्पादन भएको दुध बेनीमा बिक्री नभएपछि किसानहरुले सहकारीमार्फत पोखरा पठाउन थालेका हुन् । बास्कुना कृषि सहकारीले दुध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।

वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रा।लि।बिचमा दुध उत्पादन तथा खरिद बिक्री सम्झौता गरी जिल्लाबाट पहिलोपटक व्यावसायिक रुपमा दुध पोखरा पठाउन सुरु गरिएको बेनी नगरपालिका ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

स्थानीय बजारमा गाईको दुध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दुध सङ्कलन गर्ने र उद्योगले आफैँ आएर दुध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको छ ।

बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरुले हरेक दिन केन्द्र दुध सङ्कलन गर्ने र पाँच सय लिटर बढी दुध सङ्कलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दुध लैजाने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो ।

दुग्ध सङ्कलन केन्द्रमा अहिले २० जना किसानले दैनिक रुपमा दुध बिक्री गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दुध ढुवानी गर्ने ट्याङ्कर अहिले दुई दिनमा एक पटक सिंगा आएर दुध ढुवानी गरी लैजान थालेको कृषि सहकारीका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

मेसिनबाट दुधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीय स्तरमा उत्पादन भएको दुधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार, कृषकहरुलाई १५र१५ दिनमा दुधको रकम भक्तानी हुने सम्झौता गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...