सप्तरीमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षद्वारा हत्या आशंका

Published on

काठमाडौं — सप्तरीको बलान बिहुल गाउँपालिका–२ ओद्राहामा एक २० वर्षीया महिलाको शंकास्पद अवस्थामा मृत्यु भएको छ। बुधबार आफ्नै सुत्ने कोठामा केसिला कुमारी यादव झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

हाल मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यालय कडरोवनाका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिनुभयो।

यद्यपि, शव झुन्डिएको अवस्थामा फेला परे पनि खुट्टा ओछ्यानमा टेकेको र शरीरमा निलडाम देखिएको भन्दै मृतककी बुबा राजकुमार यादवले छोरीको हत्या भएको आशंका व्यक्त गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरिदिन माग गर्दै मृतकका श्रीमान् खगेन्द्र यादव र ससुरा मदन यादवविरुद्ध जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर पुरीका अनुसार पोष्टमार्टम रिपोर्ट नआएसम्म कानुनी प्रक्रिया अगाडि बढाउन नसकिने बताउँदै रिपोर्ट आएलगत्तै आवश्यक कारबाही सुरु गरिने जानकारी दिनुभयो।

माइती पक्षका अनुसार केसिलाको विवाहमा १० लाख नगद, आधा तोला सुन, फर्निचरसहित करिब १३ लाख रुपैयाँ बराबरको दाइजो दिएको भए पनि छोरीको हत्या भएको भन्दै उनीहरूले न्यायको माग गरेका छन्।

घटना झुन्डिएको अवस्थामा छिमेकीहरूले देखेपछि मात्र रहस्य खुलेको स्थानीयहरूको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...