सिन्धुलीको च्याउटारबेसीमा पहिरोको जोखिम: १५ घरधुरी उच्च संकटमा

Published on

काठमाडौ‌ — सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ स्थित च्याउटारबेसीमा पहिरोका कारण १५ घरपरिवार उच्च जोखिममा परेका छन्।

असोज १७ र १८ गतेको अविरल वर्षापछि माथिबाट खसेको पहिरोले बस्तीमा क्षति पुर्‍याएको हो। असोज १८ गते बिहान गएको पहिरोले निरबहादुर पाण्डेको गोठ र शौचालय भत्किएर क्षति भएको गाउँपालिकाले जनाएको छ।

साथै कुन्जरमणि बराल, ज्वालाप्रसाद न्यौपाने, ठाकुरप्रसाद न्यौपाने, सुरेस न्यौपाने, सुरेन्द्र न्यौपाने र शान्तिप्रसाद न्यौपाने लगायतका घरपरिवार पहिरोको प्रत्यक्ष जोखिममा परेका छन्।

पीडित तथा गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेका अनुसार पहिरोमाथिबाट खसेको ठूलो ढुंगा र भूस्खलनले पूरा बस्ती नै संकटमा परेको छ। “राति सुरक्षित ठाउँ खोज्दै सर्नुपर्छ, तर दिउँसो भने आफ्नै घर फर्केर बस्नुपरेको अवस्था छ,” उहाँले भन्नुभयो।

गाउँपालिकाले पहिरो रोकथाम र ढुंगा व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको बताउँदै उपाध्यक्ष न्यौपानेले जिल्ला विपद् व्यवस्थापन समितिलाई पनि औपचारिक जानकारी दिइसकेको जानकारी दिनुभयो।

यसैबीच, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पहिरो पीडित बस्तीको सुरक्षाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट नेपाली सेनालाई अनुरोध गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो।

उहाँले थप भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँग पनि ठूलो चट्टान हटाउने र बस्ती जोगाउने विषयमा समन्वय भइरहेको छ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...