कास्की कारागारबाट भागेका २८७ कैदी अझै फरार

Published on

काठमाडौं — कास्की कारागारबाट भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका कैदीमध्ये २ सय ८७ जना अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ।

कारागारका प्रमुख राजेन्द्र शर्माका अनुसार उक्त दिन ७७३ जना कैदीबन्दी कारागारबाट भागेका थिए। तीमध्ये केही आफैँ फर्किएका छन् भने केहीलाई प्रहरीले अन्य जिल्लाबाट पक्राउ गरेको छ। तर २८७ जना अझै पनि सम्पर्कविहीन छन्।

कारागार प्रशासनले भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म स्वेच्छाले फर्कन समय दिएको थियो। तर तोकिएको समयसम्म नफर्केकाहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रशासनले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने जो-कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ।

कारागार प्रमुख शर्माका अनुसार, हालसम्म केही कैदी आफैँ आत्मसमर्पण गरेर फर्किएका छन् भने प्रहरीले भाग्दाको क्रममा केहीलाई पक्राउ समेत गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...