बुढीगंगा नगरपालिकाको निर्णय: करार र ज्यालादारीमा कार्यरत ८० कर्मचारी हटाइने

Published on

काठमाडौं, बाजुराको बुढीगंगा नगरपालिकाले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूको सेवा कार्तिक १ गतेदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको ४९ औँ कार्यपालिका बैठक तथा चालु आर्थिक वर्षको तेस्रो बैठकले नगर र वडास्तरमा कार्यरत झन्डै ८० जना अस्थायी कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो।

नगरप्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष हेमराज जैशीका अनुसार संघीय र प्रदेश सरकारको निर्देशनअनुसार पालिकाले यस्तो निर्णय गरेको हो। साथै, कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने प्रस्तावसमेत पारित गरेको छ।

हाल बुढीगंगा नगरपालिकाका १० वटै वडामा कार्यरत ती अस्थायी कर्मचारीहरूलाई विकास बजेटबाट तलब दिइँदै आएको थियो। कर्मचारी हटाउने निर्णयसँगै पालिकाको दैनिक सेवा प्रवाहमा केही असर पर्न सक्ने आँकलन गरिएको छ।

यद्यपि, कार्यपालिका बैठकले स्थायी दरबन्दीमा रहेका कर्मचारीहरूमार्फत नियमित सेवा निरन्तर रहने स्पष्ट पारेको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...