भारतको सीमा नजिक भेटिएको शव नेपाली युवकको भएको पुष्टि

Published on

काठमाडौं, भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा, नेपाल–भारत सीमासँग नजिकै भेटिएको शव बर्दियाका एक नेपाली युवकको भएको खुलेको छ।

बर्दिया बाँसगढी नगरपालिका–५, रामपुरका २० वर्षीय दिनेश सुनारको शव भारतको मोतिपुर थानाअन्तर्गत पर्ने बलैगाउँमा बिहीबार फेला परेको हो। युवकको पहिचान परिवारको सहयोगमा भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो।

परिवारका अनुसार दिनेश मंगलबार धनगढी जाने भन्दै घरबाट निस्किएका थिए। बिहीबार नेपाल–भारत सीमामा नेपाली मूलको जस्तो देखिने युवकको शव भेटिएको खबर सार्वजनिक भएपछि प्रहरी र परिवारले पहिचान गरेका हुन्।

घटनास्थलको अवस्था अनुसार शव चप्पलको सिरानी हालेर सुतेको जस्तो देखिएको र मुखबाट फिँज निस्किएको पाइएकाले मृत्युको कारणबारे अझै निश्चित जानकारी नभएको प्रहरीले जनाएको छ।

शवको भारतको बहराइचमा पोष्टमार्टम प्रक्रिया भइरहेको र त्यसपश्चात् आफन्तको जिम्मा लगाइने जानकारी प्रहरीले दिएको छ। मृतकका परिवारजन बिहीबार नै बहराइच पुगेका छन्।

हाल युवकको मृत्युको कारण, घटनाको प्रकृति र त्यसमा संलग्न हुनसक्ने पक्षहरूबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...