कैलालीका वडा अध्यक्षसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोपमा मुद्दा दायर

Published on

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्तियारले गरेको अनुसन्धान अनुसार वडा अध्यक्ष भण्डारी, तत्कालीन वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, खरिदार पूर्णबहादुर विष्ट र चार जना वडा सदस्यहरूले मिलेर कुल रु. ७३ लाख ३७ हजार ६२७ बराबरको सामाजिक सुरक्षा भत्ता रकम दुरुपयोग गरेको पाइएको छ।

अनुसन्धानका क्रममा आ.व. २०७४/०७५ देखि २०७७/०७८ को दोस्रो चौमासिकसम्म मृतक व्यक्तिहरूको नाममा समेत भत्ता वितरण गरिएको, एउटै नागरिकता नम्बरबाट दोहोरो लाभग्राही अभिलेख तयार पारिएको र नवीकरण नगरिएका व्यक्तिहरूको नाममा रकम भुक्तानी गरिएको खुलासा भएको छ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षणले तत्कालीन वडा सचिव प्रेमबहादुर बुढाले ४७९ औंठाछाप र कार्यालय सहयोगी सोनम कठरियाले २०४ औंठाछाप प्रयोग गरेको प्रमाण भेटिएको छ।

दुर्घटना रूपमा मृतकका नाममा समेत नवीकरण गरि रकम निकासा गरिएको तथा झुट्टा अभिलेख तयार गरी भत्ता रकम निकासा गरिएको पाइएको अख्तियारको निष्कर्ष छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

मुद्दामा वडा अध्यक्ष भण्डारी र सचिव बुढामाथि बिगो रकम बराबर कैद र जरिवाना, कार्यालय सहयोगी कठरियामाथि रु. ९ लाख २० हजार ४०० बिगो कायम गरी सजाय, खरिदार विष्टमाथि रु. २४ हजार बिगो कायम गरी सजाय र चार जना वडा सदस्यमाथि गलत प्रतिवेदनमा हस्ताक्षर गरी सरकारी सम्पत्ति हिनामिनामा सहयोग गरेको आरोप लगाइएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने, “सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग, मृतकका नाममा भुक्तानी र झुट्टा अभिलेख तयार गर्ने कार्य स्पष्ट भ्रष्टाचारकै अन्तर्गत पर्छ” भन्दै मुद्दा दायर गरिएको जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...