बजेट अभावका कारण जिल्ला खेलकुद विकास समिति बागलुङको कार्यालय बिहुँकोट सारियो

Published on

काठमाडौं, बागलुङ जिल्ला खेलकुद विकास समितिको कार्यालय सदरमुकाम बागलुङ बजारबाट काठेखोला गाउँपालिका–५, बिहुँकोट सारिएको छ।

समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलका अनुसार कार्यालय बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको कवर्ड हलमा निःशुल्क रूपमा सञ्चालन गरिनेछ।

अध्यक्ष कँडेलले सदरमुकाममा कार्यालय सञ्चालनका लागि घर भाडाको बजेट अभाव, र सरकारी भवनमा ठाउँ नपाएको कारण कार्यालय सार्न बाध्य भएको स्पष्ट पार्नुभयो। उहाँले कार्यालय सार्ने निर्णय जिल्ला कार्यसमितिको बहुमतबाट गरिएको जानकारी दिनुभयो।

पछिल्ला वर्षहरूमा प्राप्त हुँदै आएको घर भाडा सम्बन्धी बजेट यो आर्थिक वर्षमा कटौती भएपछि कार्यालय सञ्चालनमा कठिनाइ भएको कँडेलको भनाइ छ। यसअघि समितिले निजी भवनमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो।

सार्वजनिक रूपमा पत्र जारी गर्दै कँडेलले कार्यालय सारिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। तर कार्यालय अध्यक्षकै स्थायी बसोबास नजिक सारिएको भन्दै केहीले सामाजिक सञ्जालमा विरोध समेत जनाएका छन्।

जिल्ला खेलकुद विकास समितिले स्थानीयस्तरका खेल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...